नियम ६४
निर्माण कार्यको लागत अनुमान
(१) निर्माण कार्यको लागत अनुमान तयार गर्दा
नियम ६३ को अधीनमा रही यस नियम बमोजिम गर्नु पर्नेछ ।
(२) निर्माण कार्यको लागत अनुमान तयार गर्दा निर्माण सम्बन्धी नम्र्स र
पुरातात्विक उत्खनन् सम्बन्धी कार्य वा सुरुङ खन्ने, डिप ट्युववेल, पेट्रोलियम
अनुसन्धान आदि जस्ता जमिनमुनी गरिने कार्य गर्दा सो सम्बन्धी नम्र्स भए त्यस्तो
नम्र्स बमोजिम र त्यस्तो नम्र्स नभएको अवस्थामा स्थानीय निकायबाट स्वीकृत गराई
स्वीकृत भए बमोजिम लागत अनुमान तयार गर्नु पर्नेछ ।
तर त्यस्तो नम्र्स बमोजिम काम गर्दै जा“दा खास कामको लागि खास प्रकारको
नम्र्स आवश्यक परेमा सम्बन्धित स्थानीय निकायको प्रमुखले त्यस्तो
निकायको प्राविधिकबाट र त्यस्ता प्राविधिक नभए अन्य सार्वजनिक
निकायका सम्बन्धित प्राविधिकबाट आवश्यक नम्र्स तयार गराई त्यस्तो नम्र्स स्वीकृत
गराउन सक्नेछ । यसरी स्वीकृत भएको नम्र्स सम्बन्धित तालुक निकायमा चार
महिनाभित्र पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लागत अनुमान तयार गर्दा मालसामान स्थलगत
रुपमा उपलब्ध हुने वा नहुने अध्ययन गरी निर्माण कार्य सम्पन्न गर्न लाग्ने समयावधि
किटान गरी तयार गर्नु पर्नेछ ।
(४) सिमेन्ट, फलामे डण्डी, ईंटा, ढु·ा, माटो, कर्कटपाता विटुमिन तथा
इमल्सन, इन्धन, पोलिथिन पाईप, जी.आई. पाईप, डी.आई पाईप, स्यानिटरीका
सामान, विजुलीका सामान, जि. आई. वायर र यस्तै अन्य निर्माण सामग्रीको दरभाउ,
मेशीन तथा उपकरणको भाडा वा कामदारको ज्याला निर्धारण गर्दा सम्बन्धित
जिल्लाको दररेट निर्धारण समितिले तोकेको दररेटको आधारमा निर्धारण गर्नु पर्नेछ ।
तर त्यस्तो समितिको दररेट उपलब्ध नभएकोमा निर्माणस्थल नजिकैको
सम्बन्धित सरकारी कार्यालय वा सरकारी स्वामित्व भएको संस्थान, प्राधिकरण, निगम
वा यस्तै प्रकृतिका अन्य संस्थाले तोकेको दरभाउ वा उद्योग वाणिज्य संघले दिएको
दरभाउ, भाडा वा ज्यालाका आधारमा निर्धारण गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको दरभाउ, भाडा वा ज्याला उपलब्ध हुन नसकेकोे
अवस्थामा स्थानीय निकायको प्रमुखले तोकिदिएको दरभाउ, भाडा वा ज्यालाको
आधारमा निर्धारण गर्नु पर्नेछ ।
(६) यस नियम बमोजिम तयार भएको निर्माण कार्यको लागत अनुमान त्यस्तो
लागत अनुमान तयार गर्ने प्राविधिक भन्दा एक तह माथिको प्राविधिक वा
प्राविधिकहरुको समूहलाई डिजाईन, ड्रईङ समेत जा“च्न लगाई कुनै त्रुटि देखिएमा
त्यस्तो त्रुटि सच्याउन लगाउनु पर्नेछ । त्यस्तो निकायमा माथिल्लो तहको प्राविधिक
नभएमा सम्बन्धित स्थानीय निकायको प्रमुखले त्यस्तो लागत अनुमान जा“च्ने व्यवस्था
मिलाई दिनु पर्नेछ ।
(७) निर्माण कार्यको लागत अनुमान अनुसूची–५९ को ढा“चामा तयार गर्नु
पर्नेछ ।